काठमाडौँ – अहिले जनताको भान्सा महँगिएको छ । आम सर्वसाधारणलाई बिहान–बेलुकाको दुई छाक टार्न समेत धौंधौं पर्न थालेको छ । किनकि व्यापारीहरुले आफुखुशी खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । जथाभावी शुल्क असुलिरहेका छन् । पसलैपिच्छे सामानको मूल्य फरक पाइन्छ । किराना पसलदेखि भाटभटेनी, बिग मार्ट, सुपर मार्केटहरुले आफुखुशी सामानको मूल्य तोकेको पाइन्छ ।
एकातिर सामानको तौल कम हुन्छ, अर्कोतिर म्याद सकिएको कुहिएको, बिग्रिएको हुन्छ । यद्यपि, त्यस्ता सामानमा पनि मूल्यसहितको नयाँ स्टिकर टाँसिएको छ । सामानको प्याकेज हेर्दा आकर्षक हुन्छ, भित्र भने कहिलेदेखि कुहिएको हुन्छ । व्यापारीहरु आफुखुशी सामानको मूल्य तोकेर त सर्वसाधारण ठग्छन् नै सँगै म्याद गुज्रिएका, कुहिएका सामान बेचेर आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्छन् ।
व्यापारीहरुले लुटधन्दा मच्चाइरहँदा पनि सरकार भने मौन छ । .सरकार अनुगमन गर्दैन । चाडपर्वको बेला पनि नौटंकी गर्छ । के चाडबाडमा मात्र उपभोक्ता ठगिने हो र ? अन्य समयमा चाँहि व्यापारीले म्याल गुजिएका, कुहिएका सामान बेचेर उपभोक्ता ठग्दैनन् ? प्रश्न गम्भिर छ । तर, जवाफ दिने सम्बन्धित निकाय निदाएर बसिरहेको छ । यता, बजार अनुगमन गरिएपनि व्यापारीसँगकै मिलेमतोमा गरिन्छ ।
जसले घुस दिन्छ, उसले जतिसुकै म्याद गुज्रिएको सामान बेचेपनि कारबाही गरिदैँन । अहिले बजारमा म्याद सकिएका, बिग्रिएका सामानहरु छ्यापछ्याप्ती भेटिन्छन् । यति मात्र नभई व्यापारीहरुले नक्कली सामान समेत बेचिरहेका छन् । विशेष गरी पछिल्लो समय बजारमा नक्कली मदिरा बेचिने क्रम बढ्दो छ । किराना पसल, भाटभटेनी, बिग मार्ट, सुपर मार्केटमा मात्र नभई अन्य विभिन्न पसलहरुमा पनि बासी, कुहिएका सामान बेचिएको पाइन्छ ।
होटल, रेस्टुरेन्टदेखि मिठाई पसलसम्म झण्डै महिना दिनअघिको बासी, बिग्रिएको खानेकुरा बेचिएको पाइन्छ । त्यो पनि आफुखुशी मूल्य लिएर । यता, मासु पसलहरुमा पनि यस्तै छ । खसीको मासु भनेर बाख्राको मासु बेचिन्छ । भैसीको मासुलाई राँऋगा भन्दै बेचिएको हुन्छ । हाल काठमाडौं उपत्यकासहित देशभर सञ्चालनमा रहेका अधिकांश मासु पसल सरकारको मापदण्ड विपरीत रहेका छन् ।
मासु पसल फोहोर, दुर्गन्धित छन् । फोहोर पानीले मासु पखालेको देखिन्छ । त्यस्तै, मासु काट्ने वा बेच्ने व्यापारी पनि फोहोरी नै हुन्छन् । माछामासु, खाद्यान्नमा त सर्वसाधारणलाई ठगियो नै सँगै औषधीमा समेत जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरिएको पाइन्छ । औषधी पसलेहरु म्याद सकिएको औषधी बेचबिखन गर्छन् । यस्तो औषधी खाँदा कतिपयको ज्यानै समेत जाने गरेको छ । कस्मेट्रिक, ब्युट्री पार्लरहरुले पनि म्याद सकिएका वा मानिसको शरीर वा छालामा गम्भीर पर्ने केमिकल मिसाएका सामानहरु बेचिरहेका छन् ।
हार्डवेयर पसलहरु गुणस्तरहीन सिमेण्ट, डण्डीहरु बेच्छन् । अनि तौलमा ठग्छन् । त्यस्तै, म्याद सकिएको रंग पनि बेचिन्छ । बजारमा सञ्चालनमा रहेका अधिकांश व्यापार व्यवसायको दर्ता नै छैन । दर्ताबिनै उनीहरुले आफुखुशी सामान मूल्य तोकेर कुहिएका, बिग्रिएका वा गुणस्तरहीन सामान बेचेर सर्वसाधारण ठगिरहेका छन् । तर, सरकार केही पनि गर्दैन ।
यस्ता व्यापारीलाई कारबाही गर्नुको साटो प्रधानमन्त्री केपीशर्मा ओली उल्टै आफ्नो पार्र्टी (एमाले) को कार्यालय भाटभटेनीका साहु मीनबहादुर गुरुङसँग सहयोग लिन्छन् । मीनबहादुरले एमालेको पार्टी कार्यालय बनाउन झण्डै १२ रोपनी जग्गा दान गरेका छन् । यति मात्र नभई एमाले पार्टी कार्यालय पनि उनैले बनाइदिने सुनिएको छ ।
अनि पार्टी कार्यालय व्यापारीले बनाइदिने भएपछि कसरी वर्तमान सरकार व्यापारीविरुद्ध उभिन्छ ? बजारमा फलफुलदेखि तरकारी, पिय पदार्थसम्ममा विषादीको प्रयोृग गरिएको पाइन्छ । आज लिएको आएको खाउँखाउँ लाग्ने फलफुल भोलि कुहिएर बसेको हुन्छ । किनकि त्यसमा विषादीको प्रयोग गरिएको हुन्छ । यस्तै, तरकारीमा पनि उस्तै छ ।
विषादी नमिलाइएको त कुनै खाद्यान्न नै पाइदैँन । दही, दुध, घिउ शुद्ध पाइदैँन । दुधमा पाउडर मिसाइन्छ भने घिउमा पिठो । पेट्रोल पम्पहरुले मेसिन र मिटर बिग्राएर तौलमा ठगिरहेका छन् । दश लिटर पेट्रोल बराबरको पैसा असुलेर पाँच÷छ लिटर मात्र हाल्छन् । खाना पकाउने ग्याँसको सिलिण्डरको पनि तौल पनि तोकिएबमोजिम हुदैँन ।
व्यापारी, उद्योगीहरुले सर्वसाधारणलाई दिउँसै रात पारेर ठगिरहेका छन् । तर, सम्बन्धित निकाय कतै अनुगमन गर्दैन । सरकारमा बसेकाहरुलाई कसरी आफ्नो मान्छे छिराउन पाइन्छ ? कसरी भ्रष्टाचार गर्न सकिन्छ ? भन्ने मात्र चिन्ता छ । ओली नेतृत्वको सरकार गठन भएको झण्डै एक सय दिन पुग्न लागेको छ ।
यस अवधिमा यो सरकारले केही पनि गरेको पाइदैँन । न यातायात क्षेत्रमा भएको सिण्डिकेट हटाइयो । न नयाँ ट्याक्सी, ढुवानी, गाडी, माइक्रो बसको दर्ता खोलियो । उल्टै सिण्डिकेट व्युताउने प्रपञ्च भइरहेको छ । सय दिनमा ओली सरकारले एउटा सिन्को पनि भाँचेन । झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको आरोपमा आफु बच्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बचाउने र बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो छोराको नाममा पास गर्ने अर्थमन्त्री विष्णु पौडेललाई बचाउनेबाहेक केही काम भएन ।
बजार झन् झन् मन्दीमा गएको छ । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरु चुलुम्मै डुबेका छन् । अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ । तैपनि, सरकारलाई केही मतलब छैन । अहिले बजारमा सुनिन्छ कि प्रधानमन्त्री ओलीको बालकोटस्थित दश रोपनी जग्गामा महलजस्तो घर बनेको छ । तेह्रथुम र झापामा पनि उनको घरजग्गा रहेको बताइन्छ ।
उनको हातमा बाँधिएको घडीको मूल्य झण्डे तीन करोड मूल्य बराबरको रहेको सुनिएको छ । त्यस्तै, ओलीले लगाउने चस्मा, कपडा, जुत्ता पनि महँगा रहेका छन् । हुन त उनी दैनिक ६०–७० हजार मूल्य बराबरको पानी विदेशबाट आयात गरेर पिउँछन् । उनले स्वदेशी तथा विदेशी बैंकहरुमा अर्बौ रकम रहेको पनि बुझिन्छ ।
यता, सुन गरगहना, सेयरमा पनि उत्तिकै लगानी रहेको सुनिन्छ । अनि जागिर पनि नभएको, कुनै व्यापार व्यवसाय पनि नगर्ने व्यक्तिको कसरी यत्रो धनसम्पत्ति हुन्छ ? यसको जवाफ अब प्रधानमन्त्री ओलीले दिनैपर्छ । विगतमा प्रधानमन्त्री हुँदा बिरामी परेका उनको उपचारमा नेपाली जनताले रगत पसिना बगाएर कमाई तिरेको अर्बौ रकम सकियो ।
नेपालको विदेशी ऋण बढाउने पनि उनी नै हुन् । २०७४ फागुल्न ३ गते ओली प्रधानमन्त्री हुँदा मुलुकको वैदेशिक ऋण ६ खर्ब दियो । तर, ०७८ असोज २८ गते छोड्ने बेला २१ खर्ब पुर्याइदिए । अहिले यो पनि बढेर २७ खर्ब पुगिसकेको छ । अनि यस्ता व्यक्तित्वलाई अझै पनि काँग्रेस प्रधानमन्त्री बनाएर राखिरहेको छ । एमाले त आफ्नै कारणले सकियो नै तर काँग्रेस पनि एमालेसँगै सति जाने भएको छ ।