स्याङ्जा – गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषक सँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढि कृषक परिवार लाभान्वित भएका छन् ।
नगरपालिकाको ग्रामिण क्षेत्रका किसानहरुलाई लक्षित गरेर गरिएको कार्यक्रमबाट पाँच हजार एक सय १७ कृषक परिवार लाभान्वित भएका हुन् ।
गल्याङ नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका वडाहरुमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएर कृषकहरुले लाभ लिएका छन् ।
एउटा वडाको तीन देखि सात ठाउँसम्म गरी ६८ ठाउँमा कार्यक्रम सम्पन्न भएको गल्याङ नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
भट्टराईले गएको वर्षको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकहरु सम्म फाइदा पुगेको पाइएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पार्नुभयो ।
भट्टराईले भन्नु्भयो,’ जो गाउँघरमा १-२ वटा भैसी बाख्रा पालेर १-२ वटा खेतबारीमा कृषि गरेर बसिरहेका साना किसानहरु लाई राज्य छ, स्थानिय सरकार छ, गुनासा समस्या राख्ने ठाउँ छ भन्ने जानकारी गराउन र गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेका कृषि र पशु सम्बन्धित कार्यक्रमहरुको जानकारी गराइ जो बर्षौ देखि राज्य को सेवा सुविधाबाट टाढा रहे उनिहरुको नगरपालिकाको कृषि र पशु सम्बन्धिका कार्यक्रमहरुमा सहभागिता बढाउन कार्यक्रम गरिएको जानकारी दिनु भयो। साथै उहाले यो कार्यक्रमबाट गुजारा चलाइरहेका साना किसानहरुका लागि निकै लाभदायी हुने बताउनुभयो । भट्टराईले फर्म सञ्चालन गरेका कृषकहरु नगरपालिका सम्म आएर सुविधा लिएको भएपनि कहिल्यै नगरपालिकासम्म नआएका साना किसानहरु यो कार्यक्रमबाट लाभान्दीत भएको बताउनुभयो ।
नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले यो कार्यक्रमबाट नगरको सेवाबारे टोल सम्म जानकारी दिन सहयोग पुगेको बताउनुभयो ।
गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख भीम क्षेत्रीले किसानका टोल सम्म पुग्दा साना किसानका समस्याहरु प्रत्यक्ष हेर्न र समाधान गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले गुजारा चलाइरहेका किसानहरुका लागि कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
पशु प्राविधिक महादेब बनले कार्यक्रमका सिलसिलामा टोलमा पुग्दा किसानहरुले आफ्ना समस्या निर्धक्कका साथ राख्ने गरेको बताउनुभयो ।
नगरप्रमुखका सचिवालय प्रमुख ज्ञानेन्द्र पाठकले कृषकसँग कृषि प्राविधिक कार्यक्रममा किसानहरुलाई कृषि र पशु सम्बन्धी जानकारी समेटिएको हाते पुस्तिका र उन्नत विउ विजन वितरण पनि गरिएको बताउनुभयो । यो कार्यक्रमबाट दुरदराजमा रहेका साना किसानहरुले आफ्ना समस्या राख्न र समाधान गर्न पनि बाटो पाएको उहाँले बताउनुभयो ।
कार्यक्रमहरुमा कृषकहरुसग अन्तरक्रिया, छलफल गरि किसानहरुका समस्या, गुनासाहरुको समाधान पनि गरिएको थियो ।