काठमाडौँ – “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८ औ वार्षिकोत्सवको अवसरमा आज मिति २०८१ साल मंसिर ८ गते शनिबार आयोजित Road Race Competition-2081 सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियनश्री बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको Race Competition को खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुल्लातर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपाल चोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाट काठमाण्डौं आई समापनहुने गरी रुट तय गरिएको थियो ।
कुल ६५० जनाभन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमशः रु.७५,०००, रु.६०,०००, रु.४५,०००, रु.३०,००० र रु.१५,००० नगद पुरस्कार, मेडल र प्रमाण–पत्रप्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पार्नु भएको थियो । विकास बैंककाअध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थजीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालनगर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपाल का अध्यक्ष राजनखत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भए मध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताउनु भयो ।
साथै, विकास बैंकले मिति २०८१ कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफवुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रतिगोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु. १ लाखनगद पुरस्कार समेत आज आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको Road Race प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।
विकास बैंकको १८औं वार्षिकोत्सवको अवसरमा उपस्थित सम्पूर्ण महानुभावहरु सहित स्थापना देखि हाल सम्मको गरिमामय यात्रामा निरन्तर साथ दिनु हुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं ।