काठमाडौं– तारकेश्वर र टोखा नगरपालिकाको संयुक्त लगानीमा मितेरी पुल बन्दैछ ।

तारकेश्वर नगरपालिका वडा न. ११ र टोखा नगरपालिका वडा न. ९ को सिमानामा रहेको विष्णुमती खोलामा बन्दै गरेको मितेरी पुलको मिति २०८१/०८/१० गते भएको पुलको ढलानको अनुगमन गर्नुहुदै नगर प्रमुख श्री कृष्ण हरि महर्जन, वडा अध्यक्ष कवि राज बस्नेत, टोखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष राम भक्त घिमिरे तथा प्राविधिक टोलि सहित अनुगमन गर्नु भएको थियो।  मितेरी पुल तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको  ५०-५० प्रतिशत बजेट लगानीमा बन्दैछ ।

 पूलको योजना यसप्रकार रहेको छ :- 

योजनाको नाम: तारकेश्वर नगरपालिका वडा न. ११ र टोखा नगरपालिका वडा न. ९ बिच जोड्ने बिष्णुमती पुल निर्माण

कुल लागत: २,६८,३५,५५९.६२(भ्याट बाहेक)

सम्झौता मिति: २०८०/१०/०५

सम्पन्न मिति: २०८१/१०/०५

लागत सहभागिता : ५०-५० प्रतिशत (तारकेश्वर नगरपालिका र टोखा नगरपालिका ) रहेको नगर प्रमुखको सचिवालय स्रोतले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − 4 =