काठमाडौं– स्थानीय तह उपनिर्वाचन,२०८१ लाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले मिति २०८१/०८/०२ देखि सम्बन्धित जिल्लाहरुमा निर्वाचन आचारसंहिता लागू भएको छ। स्थानीय तह उपनिर्वाचन, २०८१ को प्रचारप्रसारको क्रममा काठमाण्डौ जिल्लामा आचारसंहिताको उल्लंघन भएको भनी आयोगमा सूचना प्राप्त भएकोले निर्वाचन आयोगबाट लागू गरिएको आचारसंहिताको पालना भए/नभएको सम्बन्धमा अनुगमन गर्न काठमाण्डौ-१६ र किर्तिपुर नगरपालिकाका लागि देहायका सदस्यहरु रहेको अनुगमन टोली गठन गरी परिचालन गरिएको छ। निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिहरुको अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाईएमा निर्वाचन (कसुर तथा सजायँ) ऐन, २०७३ बमोजिम कारवाही गर्न अधिकार सहितको टोलीलाई निर्वाचन आयोगको मिति २०८१/०८/१२ को निर्णयले खटाइएको छ। त्यसै गरी उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको छ।आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्ने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ।
काठमाण्डौ जिल्लामा खटिएको अनुगमन टोलीः
समूह (१): काठमाण्डौ महानगरपालिका वडा नं.१६
१. सहसचिव श्री नारायण प्रसाद सापकोटा
२. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री दिग विजय सुवेदी
३. उपसचिव (कानून) श्री सीता पुन श्रीष
४. प्रहरी उपरीक्षक श्री सञ्जयसिँह थापा
समूह (२): किर्तिपुर नगरपालिका
१. प्रहरी वरिष्ठ उपरीक्षक श्री दीपक रेग्मी,
२. उपसचिव डा थानेश्वर भुसाल
३. उपन्यायाधिवक्ता श्री केदारकुमार अधिकारी
४. सशस्त्र प्रहरी उपरीक्षक श्री अशोक न्यौपाने