काठमाडौं । आजदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् ।

त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका छन्। क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको रु.३०० तथा भीआईपी टिकटको रु. ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको रू.५०० र भीआईपीको रू.७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको रू. ५०० र भीआईपी टिकटको रू.१००० रुपैयाँ तोकिएको छ ।

एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा हुँदै छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × three =