काठमान्डौ – तारकेश्वर नगरपालिका तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता- २०८१ भब्य रुपमा सम्पन्न भएको छ।
तारकेश्वर नगरपालिकाको आयोजनामा २०८१ मङ्सिर १८ गते देखि मङ्सिर २५ गते सम्म भएका “खेल तारकेश्वरको, सन्देश एकताको” मूल नारा सहितको तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता- २०८१ को समापन समारोह आज नगरपालिकाको सभाहलमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनको अध्यक्षतामा तथा सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथि भानु नगरपालिका, तनहुँका नगर प्रमुख आनन्द राज त्रिपाठि र तिलागुफा नगरपालिका कालिकोटका नगर प्रमुख शंकरप्रसाद उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत दिनेश राज पन्त तथा वडा १ देखि ११ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, नगर शिक्षा अधिकारी वीर बहादुर खड्का , उप-प्रमुख सिर्जना बुर्लाकोटी अर्यालको आतित्थ्यमा भव्यताका प्राध्यापकहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरु र बिधार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा बिधार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए । नगर प्रमुख र उप प्रमुखले मन्तब्य दिनु भएको यस कार्यक्रमको स्वागत भाषण नगर शिक्षा अधिकारी वीर बहादुर खड्काले गर्नु भएको थियो । तारकेश्वर नगरपालिकाका सामुहिक तथा सस्थागत बिद्यालय गरि ५४ बिद्यालयका ३४५४ बिधार्थीहरु सहभागी भई ७६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका यस तेश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता-२०८१ मा जम्मा ३५ विद्यालयले पदक ल्याउन सफल भए | लालीगुरास नेशनल एकेडेमीले २९ स्वर्ण, ६ रजत र ११ कास्य गरी जम्मा ४६ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ | दोश्रो मेयर रनिङ शिल्ड प्रतियोगिता-२०८०को बिजेता लालीगुरास नेशनल एकेडेमीले यस पाली पनि जित हासिल गरेको छ | यस्तै हिमरश्मि हाईस्कुलले १३ स्वर्ण, २६ रजत र १४ कास्य गरि जामा ५३ पदक जिती दोश्रो स्थान तथा किण्डरगार्टेन से. स्कुलले ८ स्वर्ण, ३ रजत र १ कास्य गरि जामा १२ पदक लिई तृतीय स्थान प्राप्त गरेको छ | यसैगरि मानसिंह धर्म मा.वि.ले ५ स्वर्ण, ६ रजत र ३ कास्य गरि जामा १४ पदक प्राप्त गरि सान्त्वना स्थान हासिल गरेको छ |