काठमाडौँ

बालपन जान्छ, जवानी जान्छ,

हुनेछ असर वृद्धकालको।

पर्खदैन एकै क्षण दैवले,

आउँछ बेला जब कालको।।

म जान्छु, तिमी जान्छौ,

जान्छन् सबै, चलिरहन्छ संसार।

लीला प्रभुको अचम्भित छ,

कसले नै देख्यो दुनिया उस पार।।

मरेर के नै लानु छ र यहाँ,

कात्रोमा गोजी हुदैन भन्छन्।

राजा, धनाढ्य, कुबेर सबै

खाली नै हात गए भन्छन्।।

जो तपाईं दिनुहुन्छ,

त्यो दश गुणा भई फर्केर आउँछ।

छल्न कर्मलाई कसले नै सक्यो,

जहाँ गए पनि त पछ्याउँछ।।

आउनुहोस्, एक क्षण हामी

सबै मिलि गरौं एक पुण्य काम।

मोह माया, रीस राग त्यागौं,

जपौं प्रभु श्री हरिको नाम।।

✍️पुर्सोत्तम बस्याल✍️

गल्याङ नगरपालिका, मालुङा -१

हाल मुम्बई।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two × 3 =