काठमाडौँ  – माघे संक्रान्ती एवं माघी पर्वको अवसरमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले शुभकामना दिएका छन ।

आफ्नो सामाजिक सन्जाल बाट शुभकामना सन्देश व्यक्त गर्दै अध्यक्ष गुरुङले यो पर्व थारु हरुले नया वर्ष र तराई बासीहरुले नुहाउने पर्वको रुपमा मनाउने गरेको बताए ।

घिउ,चाकु ,तरुल ,लड्डु जस्तो विभिन्न प्रकारको मीठो परिकारहरु यस पर्वमा खाने गरिन्छ । थारु समुदायको माघी, मगर समुदाय र नेवार समुदायहरुले विशेष पर्वको रूपमा मनाउने गर्दछन् ।

यस्तो खालको पर्वले संस्कृति जोगाउदै चेतनामुलक समाज निर्माण गर्न सवैलाइ प्रेरणा मिलोस भनी सम्पुर्ण नेपालीहरुमा माघिको अवसरमा अध्यक्ष गुरुङले शुभकामना व्यक्त गरेका छन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × 5 =