काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आजमिति २०८१ पौष २९ गते शुक्रबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/0८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५% (कर सहित)को नगदलाभांस सर्वसम्मत पारित गरेकोछ । त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री दिलिपप्रताप खाँड, श्री श्याम प्रसाद बस्याल र श्री दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु श्री विमल पाण्डे, श्री शोभाकान्त ढकाल र श्री आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ । साधारणसभा पश्चात लगतै बसेको संचालकहरुको बैठकले श्री दिलिपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्षपदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजीरु ५ अर्ब ६८ करोड ५ लाख १७हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायमरहेका विकास बैंकका शेयरधनीहरुले नगदलाभांस प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखाकार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षितएवं गुणस्तरीय सेवाप्रवाह गर्दै आईरहेको गरीमा बिकाश बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।