मुम्बई

परिस्थिति भोकमा परिणित भए,
बचनहरु चोटमा।
को नै उभिने गर्दछ र यहाँ
नजिक, फल नभएको बोटमा।।

आखा मेरा रसाएका छन यहा,
मुटु पनी भएको छ भारी।
कसलाई नै रहर होला उडिजान
यहाँ, सात समुन्दर पारी।।

बिहे गर्नु अघि सोधिन्छ छोरालाई,
तिम्रो के नै आय छ र।
हैसियत अनुसार हुन्छ व्यबहार
सबैलाई, यसमा के नै दुई राय छ र।।

थियो, बुद्ध जन्मेको धर्ती मेरो,
थियो सुन्दर फूलबारी।
उचित हुन्थ्यो र? सुम्पिदिनु,
बाघलाई नै बाख्राको रखवाली।।

म यात्री, मेरो देश पनि यात्री,
छौ दुबै यहा गन्तब्यबिहिन।
छ अफ्ट्यारो गोरेटो यहा, छ
बाटाेपनि प्रकाशबिहिन।।

अँध्यारो पछि बिहानी आउँछ
भन्छन, तर हाम्रो कहिलै आएन।
मिरमिरेले हाम्रो बाटाे बिरायो कि,
यहाँ आउन नै चाहेन।।

✍️पुर्सोत्तम बस्याल✍️
गल्याङ नगरपालिका, मालुङा १
हाल मुम्बई।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 3 =