गल्याङ –  गल्याङ नगरपालिकाद्वारा “उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण कार्यक्रम सम्पन्न” गेरको छ ।

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को अध्यक्षयतामा गल्याङ नगरपालिका भित्र गाईपालन गरिरहेका किसानहरुको गाईहरुलाई नस्ल सुधार गरि दुध को उत्पादनमा वृद्धि गर्ने उद्देश्यले गल्याङ कृषि तथा पशु उधमशिलता विकास परियोजना अन्तर्गत हेफर प्रोजेक्ट नेपाल मार्फत गल्याङ नगरपालिकालाई उन्नत नस्लको होलिस्टेन गाईको बिज हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

गल्याङ नगरपालिकाले कोरियन सरकार बाट नेपाल सरकारलाई उपहार मार्फत दिईएको उक्त बिज हेफर प्रोजेक्ट मार्फत नगरपालिकामा भित्र्याएको हो।

कार्यक्रममा नगरप्रमुख गुरु प्रसाद भट्टराईले गल्याङ नगरपालिका भित्रका होलिस्टेन जातका गाईहरुलाई नगरपालिकाको पशु शाखा मार्फत बिज नि : शुल्क लगाई दुध को उत्पादन बढाउने लक्ष्य नगरपालिकाले राखेको बताउनुभयो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twelve + 18 =